शिक्षा

छात्राले आत्महत्या गरेको विषयलाई लिएर विद्यार्थीले गरे प्रदर्शन

इकागज |
मंसिर २२, २०७९ बिहीबार १८:२७ बजे

काठमाडौँ- ​त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा कक्षा ११ मा अध्ययनरत व्यवस्थापन संकायकी छात्राले आत्महत्या गरेको विषयलाई लिएर विद्यार्थीले प्रदर्शन गरेका छन् ।

सप्तरी घर भइ हाल सानेपा बस्दै आएकी सदीक्षा चौधरी बुधबार राति मृत भेटिएकी थिइन् । अनुशासन प्रमुख, विद्यालयका सहायक कर्मचारी तथा अनुशासन तथा परामर्श विभाग प्रमुख नवराज लोहनीले दिएको मानसिक यातनाका कारण उनले आत्महत्या गरेको भन्दै विद्यार्थीले उनलाई निलम्बन गर्न माग गर्दै बिहिबार प्रदर्शन गरेका हुन् ।


विद्यार्थीको माग अनुसार शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिको बैठकले अनुशासन विभाग प्रमुख लोहनीलाई बिहीबार नै निलम्बन गरिएको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले एक सूचना मार्फत जानकारी दिएका छन् ।

कानुनी प्रकृयामा सहयोग गर्ने भएपछि आन्दोलनरत विद्यार्थीहरू घर फर्किएका छन् । मृतक चौधरीको शव पोष्टमार्टमका लागि पाटन शिक्षण अस्पतालमा राखिएको छ ।


Author

थप समाचार
x