शिक्षा

त्रिविको दीक्षान्त समारोहमा फोटो स्टुडियो राख्‍न आह्वान

इकागज |
मंसिर १३, २०७९ मंगलबार ९:३ बजे

फाइल तस्बिर

काठमाडौँ-  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले इच्छुकलाई त्रिविको ४८ औं दीक्षान्त समारोहमा फोटो स्टुडियो राख्‍न आह्वान गरेको छ ।

कार्यालयले पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेलकुद मैदानमा मङ्सिर २३ गते ४८ औं दीक्षान्त समारोह हुने भएकाले उक्त दिन फोटो स्टुडियो राख्नुपर्ने भएकाले  सम्पर्क गर्न आग्रह गरेको छ ।


फोटो स्टुडियो राख्‍न सेवाग्राहीले ५० हजार कार्यालयको ग्लोबल बैंकको खातामा जम्मा गर्नुपर्नेछ । काम सकेको प्रमाण पेश गरेमा २५ हजार रुपैयाँ फिर्ता हुने कार्यालयले जानकारी दिएको छ ।


Author

थप समाचार
x