शिक्षा

शिक्षालयलाई राजनीतिक मैदान नबनाउन शिक्षाराज्यमन्त्रीको आग्रह

इकागज |
असोज ५, २०७९ बुधबार १४:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षण संस्था पठनपाठनको थलो भएकाले शिक्षालयलाई राजनीतिक मैदान नबनाउन आग्रह गरेकी छिन् ।

शिक्षा पत्रकार समाजको दोस्रो वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षण संस्था बालबालिकाको पढ्नका लागि खोलिएका पवित्र मन्दिर भएकाले विश्वविद्यालय वा विद्यालयमा तालाबन्दी र अवरोध तथा राजनीति अवाञ्छनीय भएको स्पष्ट गरिन् । उनले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र लक्ष्य समावेश गरिएको ‘शिक्षाको सोचपत्र २०७९’ हालै सार्वजनिक भएकाले सोअनुसार कार्यान्वयनका लागि सबै पक्षको सहयोगको अपेक्षा व्यक्त गरिन् ।


उनले प्रविधि र सामाजिक सञ्जालको प्रभुत्व रहेको आजको युगमा शिक्षाको महत्व अझै बढ्ने भएकाले विज्ञान र प्रविधिको विकास र त्यसका फलस्वरूप विश्वव्यापीकरणले संसारलाई खुम्च्याइरहेको समयमा समयसापेक्ष शिक्षा र सूचना विस्तारका लागि नागरिकको कर्तव्य भएको बताइन् । 

कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले सरकारले हालै सार्वजनिक गरेको शिक्षाको सोचपत्रले शिक्षा विकासको समग्र पक्षमा समावेश गरेको र यो जीवन्त दस्तावेज भएको बताइन् । उनले मन्त्रालयले दिने शैक्षिक सूचनाको प्रवाहमा कुनै कमी नहुने विश्वास व्यक्त गरिन् ।

शिक्षाविद् प्रा डा वासुदेव काफ्लेले गुणत्मक शिक्षाको आधार उत्कृष्टता भएकाले उत्कृष्टता र सन्तुष्टि आवश्यक भएको बताउँदै शिक्षा पत्रकारले खोजी पत्रकारिता र जनचेतनाका लागि काम गर्नुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x