शिक्षा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षिका उर्मिला देवीविरुद्ध मुद्दा दायर

इकागज |
भदौ ३१, २०७९ शुक्रबार १६:४७ बजे

काठमाडौँ- नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा नेपाल राष्ट्रिय कन्या प्राथमिक विद्यालय भेडिहरवा पर्साका तत्कालीन शिक्षिका उर्मिला देवीविरुद्ध मुद्दा दायर गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षक पदमा नियुक्ति लिएको आरोपमा उर्मिलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 


नक्कली प्रमाणपत्र र झूटा विवरण पेस गरेको आरोपमा उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 


 


Author

थप समाचार
x