शिक्षा

प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारको निन्दा

इकागज |
भदौ ३०, २०७९ बिहिवार २२:२ बजे

काठमाडौँ- नेपाल शिक्षक महासङ्घले डिल्लीबजारस्थित विजय स्मारक माविका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मामाथि दुर्व्यवहार भएकामा घटनाको निन्दा गरेको छ ।

शर्मालाई यही भदौ २९ गते नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) का विद्यार्थी समूहले कार्यकक्षमा मोसो दलेर दुर्व्यवहार गरेका थिए । महासङ्घका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले आज विज्ञप्ति जारी गरी देशका कर्णधार बालबालिकाको भविष्य निर्माण गर्ने विद्यालय जस्तो पवित्रस्थललाई आफ्नो राजनैतिक क्रिडास्थल नबनाउन र समग्र शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रका रूपमा कायम राख्न आग्रह गरेका छन् ।


विज्ञप्तिमा घटनामा संलग्न दोषीलाई कडा कारबाही र विद्यालयमा भयमुक्त वातावरण सिर्जना गर्न नेपाल सरकारसँग माग गरिएको छ ।


Author

थप समाचार
x