शिक्षा

निम्न माध्यमिक तहको लाइसेन्सको नतिजा सार्वजनिक

इकागज |
भदौ २९, २०७९ बुधवार १८:३८ बजे

फाइल फोटो

काठमाडौं - शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक भएको छ । गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । 

१ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै पास भएका छन् । यो १८.२६ प्रतिशत हो । प्रदेश १ मा ६ हजार ४१९ जना पास भएका छन् । ३१ हजार ६८८ जनाले परीक्षा दिएका थिए । जसमा २०.२६ प्रतिशत मात्रै पास भएका छन् ।


त्यस्तै मधेश प्रदेशमा २५ हजार ८१ जनाले परीक्षा दिएकोमा २ हजार ६५७ जना पास भएका छन् । जसमा १०.५९ प्रतिशत मात्रै पास भएका हुन् । बागमती प्रदेशमा २६ हजार २८२ जनाले परीक्षा दिएकोमा ६ हजार ५१९ जना पाएका छन् । यहाँ २४.८० प्रतिशत पास भएका हुन् । गण्डकी प्रदेशमा १७ हजार ७६ जनाले परीक्षा दिएकोमा ३ हजार ७५१ जना पास भएका छन् । यो २१.९७ प्रतिशत हुन आउँछ । 

लुम्बिनी प्रदेशमा ३५ हजार १७३ जनाले परीक्षा दिएकोमा ७ हजार ३०५ जना उतीर्ण भएका छन् । यो २०.७७ प्रतिशत हो । कर्णाली प्रदेशमा २४ हजार ६१३ जनाले परीक्षा दिएकोमा ३ हजार २४४ जना मात्रै पास भएका छन् । यो १३.१८ प्रतिशत हुन आउँछ । 

सुदूरपश्चिम प्रदेशमा २१ हजार ६५६ जनाले परीक्षा दिएकोमा ३ हजार २६३ जना पास भएका छन् । यो १५.०७ प्रतिशत हुन आउँछ ।


Author

थप समाचार
x