शिक्षा

नेपाली दूतावासले भन्‍यो- रोजगारी र युरोप छिर्न पाइने प्रलोभनमा रूस नआउनू

इकागज |
भदौ २९, २०७९ बुधवार ११:९ बजे

काठमाडौँ- रसियास्थित नेपाली दूतावासले विद्यार्थीलाई रसियाबाट सजिलो युरोप छिर्न पाइने प्रलोभनमा नपर्न अनुरोध गरेको छ । रुस आउदा विद्यार्थी भिसाबाहेक अन्य कुनै आश्वासन तथा प्रलोभनमा नपर्न विद्यार्थी र अभिभावकलाई दूतावासले अनुरोध गरेको हो ।

दूतावासका अनुसार पछिल्लो समय नेपाली विद्यार्थीहरू युरोप छिर्न पाइने आशामा रसियाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न आउनेको संख्या बढ्दै गएको छ । 'रसियामा आकर्षक रोजगारीको अवसर रहेको र रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको' भन्दै विद्यार्थीहरूसँग नेपालस्थित विभिन्न कन्सल्टेन्सीले ठूलो रकम लिने गरेको दूतावासले बताएको छ ।


'विद्यार्थीले ठूलो रकम बुझाएर रसिया आए पनि कबोल गरे बमोजिम अवसर, भाषागत समस्याका कारण कठिनाइ र नेपाल फर्कन सहजीकरण गरिदिन भन्दै दूतावासमा सम्पर्क गर्नेको संख्या बढ्दै गएको छ,' दूतावासले जारी गरिएको सूचनामा लेखिएको छ,' केही विद्यार्थी परिवारबाट सम्पर्कविहीन भएको एवम् ठूलो मानसिक तनावमा रहेको भनी खोजी गरिदिन घर परिवारबाट समेत अनुरोध भएको छ ।'

रुसमा छात्रवृत्ति एवं अध्ययनका लागि मात्र आउनेका लागि प्रशस्तै अवसर रहेको दूतावासले प्रस्ट पारेको छ । भाषिक ज्ञानको अभाव, वस्तुस्थिति नबुझी र विभिन्न प्रलोभनमा परी आउनेले सास्ती खेप्नु परिरहेको दूतावासको भनाइ छ ।


Author

थप समाचार
x