शिक्षा

शिक्षा मन्त्रीको गुनासो : कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट दिएन

इकागज |
असार १२, २०७९ आइतबार १३:३८ बजे

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रायले बजेट नदिएको गुनासो गगरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अतर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन् । 

उनले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्था माग गरेर अर्थमन्त्रालयलाई पठाएको बताए । मन्त्री पौडेलले सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा पुर्‍याइने भने पनि बजेट प्रश्तुत हुँदा कक्षा ८ सम्म पुर्‍याउने गरी भन्ने भाषाको प्रयोग गरिएको बताए । उनले यसप्रकारका त्रुटिहरू सच्याउन आवश्यक रहेको बताए । 


‘दिवा खाजा हामीले कक्षा ८ सम्म नै भनेर पठाएका थियौँ । ६ सम्म थपिएर आएको हुँदा खुसी व्यक्त गर्दछु,' उनले भने, 'तर कक्षा ८ सम्म हामीले गरेको प्रस्ताव आएन । अर्थ मन्त्रालयले पनि बजेट कमी भयो भन्नुभएको छ । नीति तथा कार्यक्रममा आयो, बजेटमा यो आएन । बजेटमा ८ सम्म पुर्‍याउने गरी हाललाई यो वर्ष छ भन्ने भाषामा आयो ।’


Author

थप समाचार
x