शिक्षा

कक्षा-१२ को परीक्षा आजदेखि

इकागज |
जेठ १६, २०७९ सोमवार ६:५३ बजे

फाइल तस्‍बिर

काठमाडौँ - कक्षा-१२ को परीक्षा आजदेखि सुरु हुँदै छ । बिहान ८ बजेदेखि परीक्षा सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन् । योपटक पनि परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि अनलाइनबाट प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइने बोर्डले जनाएको छ ।



Author

थप समाचार
x