शिक्षा

प्राविधिक तथा व्यवसायिक शिक्षा तालिमका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन

इकागज |
जेठ १५, २०७९ आइतबार १७:३४ बजे

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले प्राविधिक तथा व्यवसायिक शिक्षा तालिमका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन गरेको बताएका छन् । संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै मन्त्री शर्माले प्राविधिक तथा व्यवसायी शिक्षा तालिम परिषद्को पुनर्संरचना गरिने बताए । 

पुनर्संरचना गर्दै छुट्टाछुट्टै तालिम गुणस्तर नियामक निकाय र सीपमूलक तालिम कार्यक्रम कार्यान्वयन निकायको रूपमा विकास गरिने अर्थमन्त्री शर्माले बताए । 


प्राविधिक तथा व्यवसायी शिक्षाको विस्तार, समृद्धिको आधार भन्ने सोचका साथ हाल सञ्चालनमा रहेका प्राविधिक विद्यालयको नक्सांकन तथा समायोजन गरी पहुँच विस्तार गरिने मन्त्री शर्माले बताए । प्राविधिक शिक्षालाई क्रमशः प्रदेशमा हस्तान्तरण गरिने उनले बताए ।


Author

थप समाचार
x