रङ्गमन्च

'पुरानो घर' नाटक घरमा आजबाट 'खत' मञ्चन हुँदै

इकागज |
चैत २५, २०७८ शुक्रवार १४:२२ बजे

काठमाडौँ-  'पुरानो घर' नाटक घर सिनामंगलमा आजबाट नाटक 'खत' मञ्चन हुँदैछ । साँझ ५ बजे मञ्चन हुने नाटकमा सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको छ । नाटक बैसाख १६ गतेसम्म (सोमबार बाहेक) मञ्चन हुनेछ भने शनिबार १ बजे पनि शो राखिएको छ । १० वर्षे जनयुद्धमा देशले भोगेको त्रासदी र निकासलाई नाटकले सम्बोधन गरेको छ । नाटकमा २० जना कलाकारले अभिनय गर्दैछन् ।



Author

थप समाचार
x