रङ्गमन्च

अनलाइनमा मनोवाद नाटक प्रतियोगिता

इकागज |
असार २७, २०७८ आइतबार १४:५२ बजे

काठमाडौँ :  थेम्स इन्टरनेसनल कलेजले अघिल्लो वर्षदेखि सुरु गरेको ‘अनलाइन नाट्य मनोवाद प्रतियोगिता’को दोस्रो संस्करण आयोजना गर्ने भएको छ । थेम्स थिएटर क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा क्बलले सहभागिताका लागि आह्वान पनि गरेको छ ।

क्लबले सुस्ताएको नाट्य क्षेत्रलाई चलायमान बनाउने उद्देश्यसहित दोस्रो संंस्करण पनि आयोजना गर्न लागेको जनाएको छ ।  अघिल्लो संस्करणको सफलताले पनि दोस्रो सिजन गर्न हौसलमा मिलेको आयोजकले जनाएको छ ।  


क्लब संयोजक रक्षा थापाले ५ वर्षअघि जिज्ञासुको समूहको रुपमा सुरु भएको क्लबले संस्कार र संस्कृतिको माध्यमबाट समाज रुपान्तरण गर्ने अभिप्रायसहित नाट्य गतिविधि गर्न थालेको बताएकी छिन् । ‘यसका लागि क्लबले थिएटर भिलेजसँग मिलेर नाट्य कार्यशाला र नाटकसमेत मञ्चन गर्दै आएको छ,’ उनको भनाइ छ ।

 प्रतियोगिताकी संयोजक अदिती खनालका अनुसार गत वर्षको प्रतियोगिताले रंगकर्मीहरूसँग जोडिने मौका पाएकाले त्यसैलाई निरन्तरता दिन र रंगकर्मी र नाटकलाई माया गर्ने सम्पूर्णलाई एकै ठाउँमा जोड्न मनोवाद प्रतियोगिता आयोजना गरिएको हो । 

प्रतियोगितामा १८ वर्षमाथिका जोकोहीले नेपाली तथा विदेशीले सहभागिता जनाउन सक्नेछन् । सहभागी हुन चाहानेले मनोवादको भाव अभिव्यक्त हुने भिडियो आयोजकलाई पठाउनु पर्नेछ ।

यसरी आएका ३ भिडियोले क्रमशः प्रथम, द्धितीय र तृतीय पुरस्कार प्राप्त गर्नेछन् । कुनै जाति, लिंग, धर्म तथा संस्कृति आदिलाई गलत चित्रण नगरिएका भिडियोमध्ये पहिलो हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैंयाँ प्राप्त गर्नेछन् ।

आएका भिडियो हेरेर पुरस्कृत गर्ने जिम्मेवारी रंगकर्मी दीया मास्के, दीलिप रानाभाट र विजय बरालले निर्वाह गर्नेछन् ।  त्यस्तै प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीलाई ‘नट्स एबाउट नट्स’को तर्फबाट ३ हजार बराबरको उपहार र ‘हेम्पकू’ को तर्फबाट प्रतियोगीलाई अनेक उपहार प्राप्त गर्नेछन् । 


Author

थप समाचार
x