रङ्गमन्च

अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

इकागज |
भदौ २२, २०७९ बुधबार १६:५५ बजे

फाइल फोटो

काठमाडौँ - हास्यकालकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । नेवाः समुदायको भावनामा ठेस पुर्‍याउने गरी प्रस्तुती दिएको आरोपमा पक्राउ परेका सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो । 

१२ भदौमा पक्राउमा परेका उनलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको हो । तर, उनीमाथि गरिएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी प्रहरीले गरिसकेको छ । 


नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै उनीविरूद्ध प्रहरीमा उजुरी परेको छ । सोहीआधारमा उनलाई पक्राउ गरेको हो ।


 


Author

थप समाचार
x