रङ्गमन्च

कुञ्ज थिएटरमा आइतबारदेखि बहुभाषिक नाट्य उत्सव

इकागज |
असार १०, २०७९ शुक्रबार १२:४६ बजे

काठमाडौँ - नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले हप्ता दिनसम्म बहुभाषिक नाट्य उत्सवको आयोजना गर्ने भएको छ । प्रतिष्ठानले थापागाउँस्थित कुञ्ज थिएटरमा विभिन्न भाषाभाषीका नाटक मञ्चन गर्न लागेको हो । 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य निशा शर्माले १२ गतेदेखि सुरु हुने नाट्य महोत्सव १८ गतेसम्म चल्ने जानकारी गराएकी छिन् । नाट्य महोत्सवमा लिम्बू, तामाङ, थारु, खस, लाप्चा, पुमा, बाम्बुले राई भाषाका नाटक मञ्चन हुनेछन् । 


मञ्चन हुन लागेका अधिकांश नाटक जिल्लाबाट छनौट भएर आएका हुन् । हप्तादिनसम्म मञ्चन हुने नाटक इलाम, धरान, काठमाडौँ, ललितपुर, कर्णाली, ओखलढुंगाबाट आएका हुन् । 

नाटक हरेक दिन साढे ५ बजे कुञ्ज थिएटरको हलमा मञ्चन हुनेछन् । प्रतिष्ठानले वर्षेनी भाषाभाषीको नाटक गर्ने गरेको छ । तर अघिल्ला साल भने महामारीका कारण हुन सकेको थिएन । 
 


Author

थप समाचार
x