रोग र उपचार

भीमफेदी कारागारका कैदीबन्दीलाई झाडापखाला

इकागज |
जेठ ९, २०८० मंगलबार ७:२३ बजे

फाइल फोटो

मकवानपुर - भीमफेदी कारागारका ३५  कैदीबन्दीलाई झाडापखला  सङ्क्रमण भएको छ । सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने  तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो ।

सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण विस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिए । 


सङ्क्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार  सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार भइरहेको जेलर पौडेलले बताए । रासस––


Author

थप समाचार
x