रोग र उपचार

समयमै पहिचान गर्न सके बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव

इकागज |
फागुन ३, २०७९ बुधबार २०:२६ बजे

फाइल फोटो

काठमाडौँ - समयमै पहिचान गर्न सकेमा बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव भएको चिकित्सकहरूले बताएका छन् । 

बुधबार अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर विरुद्धको दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रममा बोल्दै चिकित्सकहरूले बालबालिकामा हुने क्यान्सरको समयमै पहिचान गर्न सकेमा उपचार सम्भव हुने बताएका हुन् । 


पाटन अस्पतालका विभागीय प्रमुख प्रा.डा. गणेशप्रसाद साहले बालबालिकामा भएको क्यान्सरको संक्रमण छिटोभन्दा छिटो पहिचान हुन सकेमा उपचार सम्भव भएको बताएका हुन् । यद्यपि उपचार भने निकै महंगो भएकोले चुनौती रहेको बताए ।  बालबालिकामा हुने क्यान्सरको स्क्रिनिङ सिस्टम नहुनु पनि चुनौतीको विषय भएको उनले बताए । 

उनले भने, – ‘बाल्यकाल क्यान्सरमा स्क्रिनिङ सिस्टम छैन । कुनै साइन सिम्टोन्स नदेखिइकन देखा पर्नसक्छ । त्यसैले चुनौती छ बाल्यकाल क्यान्सरमा । छिटोभन्दा छिटो पहिचान हुनसक्यो भने उपचार सम्भव छ । धेरै महंगो छ ।’ 

पाटन अस्पतालका निर्देशक रवि शाक्यले बालबालिकामा हुने क्यान्सरको बारेमा सचेतना दिनु आवश्यक रहेको बताए । उनले विश्वका अन्य देश सरह नेपालमा पनि क्यान्सर पीडितलाई हेरचाह गर्न सकिने बताए । नेपालमा परीक्षण गर्नका लागि चुनौती रहेको उनले उल्लेख गरे । संघदेखि प्रदेश सरकारले पनि क्यान्सरजस्ता दीर्घ रोगको उपचारमा आर्थिक सहयोग गर्ने गरेको पनि उनले बताए । 

उनले भने, ‘नेपालमा जे पनि नराम्रो पनि होइन । विश्वको जस्तै स्ट्याण्डर्ड एण्ड केयर दिन सकिन्छ । टाइममा उपचार भयो भने हुन्छ । पैसा चाहिन्छ भन्ने मात्रै होइन । क्यान्सरको उपचार नेपालमा पनि भइरहेको छ । सचेतना दिनु जरुरी छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको दीर्घ रोगी कार्यक्रममा क्यान्सर भयो भने वार्षिक रुपमा १ लाखसम्मको उपचारमा सुविधा छँदैछ । विभिन्न प्रदेश सरकारहरुले पनि दिइरहेका छन् । प्रशासनिक प्रक्रियाहरूमा समस्या त छन् । कामकाज गर्दा टेष्ट गर्ने देखि डाइग्नोसिस गर्ने काममा चुनौती छन् । धेरै खर्च गरेर विदेश पठाएर रिपोर्ट आउनुपर्ने अवस्था छ । नेपालमा टेस्ट हुने कोसिस पनि गर्दैछौँ । आर्थिक रुपमा सर्वसाधारणलाई चुनौती चाहीँ हुनेरहेछ ।’

पाटन अस्पतालले हालसम्म ५० जना भन्दा बढी बालबालिकाको क्यान्सर सम्बन्धी उपचार गरिरहेको बताएको छ । आफ्नो सन्तानको क्यान्सर सम्बन्धी उपचार गराइ रहेका अभिभावकहरूले आफ्नो सन्तानले क्यान्सरलाई जित्ने विश्वास व्यक्त गरिरहेका छन् ।

पाटन अस्पतालमा उपचाररत बालबालिकाहरूलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरूको समेत सहयोगमा उपचार भइरहेको जनाइएको छ ।


Author

थप समाचार
x