रोग र उपचार

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

इकागज |
असोज २६, २०७९ बुधवार १३:५५ बजे

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने भएको छ।

मन्त्रालयका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइनेछ।


मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ । 


Author

थप समाचार
x