रोग र उपचार

दश हजार नमूना परीक्षण गर्दा ४४ जनामा सिकलसेल

इकागज |
भदौ २३, २०७९ बिहीबार २१:३७ बजे

फाइल फोटो

बाँके - बाँकेको कोहलपुर नगरपालिकाले सिकलसेलको नमूना परीक्षण सुरु गरेको छ । एक महिनादेखि कोहलपुर नगरपालिकाका १५ वटै वडामा सिकलसेलका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ ।

आज कोहलपुर–२ मा सिकलसेलको नमूना परीक्षण गरिएको कोहलपुरका स्वास्थ्य शाखाका प्रमुख अनिल सेनले बताए । उनका अनुसार थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी कोहलपुरमा के कति मात्रामा छन् भन्ने विषयमा बुझ्नका लागि गाउँगाउँमा गएर सिकलसेल एनमियाको नमूना परीक्षण र उपचार भइरहेको छ ।


कोहलपुर नगरपालिकाका सिकलसेल स्थानीय स्रोत व्यक्ति शिव गौतमले कोहलपुरमा २२ हजारभन्दा बढीको सङ्ख्यामा थारु समुदाय रहेको बताएका छन् । “कोहलपुरमा १० हजार नमूना परीक्षण गरिसक्यौँ”, उनले भने, “तीमध्ये ४४ जनामा सिकलसेल, २० जनामा विटाथालेसेसिया र आठ सय ३१ जनामा बहाक रोग देखिएको छ ।” 

वडाध्यक्ष हरि कठायतले विभिन्न स्वास्थ्य शिविर सञ्चालन गरी घरघरमा नै सेवा प्रवाह गर्नेतर्फ वडा कार्यालय लागेको जानकारी दिए । रासस


Author

थप समाचार
x