रोग र उपचार

दुबईबाट आएका बिरामीमा देखियो मंकिपक्सको लक्षण, टेकु अस्पताल भर्ना

इकागज |
असार २, २०७९ बिहीबार १६:३३ बजे

फाइल तस्बिर

काठमाडौँ - अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ । रसुवा जिल्ला घर भएका करिब ३० वर्षीय एक पुरुषमा मंकिपक्स भाइरस देखिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले इकागजलाई जानकारी दिए ।


दुबईबाट नेपाल आएका ती पुरुषमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पताल गौतमले बताए ।
सूचना अधिकारी गौतमले बिरामीमा अहिलेको देखिएको लक्षण र अवस्था हेर्दा मंकिपक्सकै शंका गरेको र थप परीक्षणपछि अझै प्रष्ट हुने बताए।



Author

थप समाचार
x