कूटनीति

काबुल पुगेर नेपालले सहायता सामग्री गर्‍यो हस्तान्तरण

इकागज |
माघ २, २०७८ आइतवार १४:१५ बजे

काठमाडौँ– नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई काबुल पुगेर सहायता सामग्री हस्तान्तरण गरेकी हुन् । 

 नेपाली डेलिगेसन टोली हिमालयन एअरलाइन्सको फला्ईट नं एच ए-५९३१ बाट आज बिहान काबुल प्रस्थान गरेकाे थियो । नौ हजार ७ सय १५ किलो खाना, लत्ताकपडासहितको राहत सामग्री लिएर नेपाली टोली अफगानिस्तानतर्फ गएको हो ।


परराष्ट्रमन्त्री नारायण खड्काले त्रिभुवन विमानस्थलमा लम्सालसहितको नेपाली टोलीलाई बिदाइ गरेका थिए । लम्सालको नेतृत्वमा १५ जनाको डेलिगेसन टिममा १७ जना र ९ जना क्रुसहित २६ जनाको टोली छन् । टोली आजै स्वदेश फर्कनेछ ।

 


Author

थप समाचार
x