कूटनीति

नेपाल–भारत सीमा विवाद

नेपाल-भारत सीमाबारे भारतको अडान अपरिवर्तित

इकागज |
माघ १, २०७८ शनिवार १८:८ बजे

काठमाडौँ– भारतीय विदेश मन्त्रालयले नेपाल–भारत सीमा सम्बन्धमा उठेका विषयको सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै सीमाबारेमा भारतको अडान यसअघिकै जस्तो अपरिवर्तित र स्पष्ट रहेको बताएको छ । 

सञ्चारमाध्यमले उठाएको प्रश्नको जवाफ भन्दै काठमाडौँस्थित भारतीय दूतावासले भारतको अडानका बारेमा नेपाल सरकारसँग संवाद भएको उल्लेख गरेको छ ।


अन्तर–सरकारी संयन्त्र र विभिन्न च्यानल आपसी संवादका लागि उपयुक्त माध्यम भएको भन्दै दूतावासले नेपाल र भारतबीचको घनिष्ट मित्रवत् सम्बन्धको मर्म अनुसार सीमाको मुद्दामा आपसी सहमतिका आधारमा सुल्झाउनुपर्ने बताएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तारको घोषणा गरेपछि नेपालमा त्यस विषयलाई लिएर असन्तुष्टी बढ्दै गएको छ । प्रमुख दलहरूले लिपुलेक नेपालको भूमि भएकाले भारतले फिर्ता गर्नुपर्ने माग गरेका छन् । 

यद्यपि सरकारले भारतसँग यसबारेमा कुनै संवाद गरेको छैन । 


Author

थप समाचार
x