कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतको बलमिच्याइँ रोक्न एमालेकाे माग
काठमाडाैँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारतद्वारा गरिएको बलमिच्याइँ रोक्न सरकारसँग माग गरेको छ । एमाले मंगलबार एक वक्तब्य जारी गर्दै नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतद्वारा गरिएको बलमिच्याइँ रोक्न सरकारसँग माग गरेको हो ।
नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्नसमेत एमालेले सरकारसँग जोडदार रुपमा माग गरेको हो । जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रुपमा रहेका र गतवर्ष नै राजनीतिक–प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत नेपाले यस विषयमा आफ्नो कानुनी तथा राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै छ । ती भूभागहरु फिर्ता गराउन र तिनमा नेपालको भोगचलन सुनिश्चित गर्न नेपाल सरकारले विगतमा कूटनीतिक पहल सुरु गरेको यथार्थ पनि स्पष्ट छ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया