कूटनीति

इपीजीको विषयलाई उचालेर दुई मुलुकबीचको सम्बन्ध बिगार्न चाहिनँ : प्रधानमन्त्री दाहाल

इकागज |
जेठ २०, २०८० शनिवार २१:३६ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको बताएका छन् ।

उक्त विषय सबैको चासोको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सो बारे आफूले भारतीय पक्षसँग कुरा राखेको बताए । भारतको औपचारिक भ्रमण पूरा गरी शनिबार अपराह्न स्वदेश फर्किएका उनले त्यो विषयलाई धेरै उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण नेपालले बिगार्न नहुने पनि पटकपटक दोहोर्याए ।


प्रधानमन्त्री दाहालले भने, ‘सकारात्मक परिणाम आउन लागिरहेको बेलामा वातावरण बिगार्ने गरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाइदा छैन । अहिले तपाईँहरूले भन्नु भयो नि इपीजीको कुरा । यो हामी सबैको चासोको विषय हो । अब मैले आफ्नो ढंगले कुरा नगरेको छैन । आफ्नो ढंगले कुरा गरेको छु । तर, अहिले यो विषयलाई बढी उचालेर अब यो आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणाममुखी वातावरण बनेको बिगार्नु उचित थिएन ।’


Author

थप समाचार
x