कूटनीति

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै, राष्ट्रपति मुर्मूलाई पनि आजै भेट्ने

इकागज |
जेठ १८, २०८० बिहिवार ६:२० बजे

फाइल फोटो

नयाँदिल्ली - प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतीय प्रधानमन्त्री मोदी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।

भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँदिल्लीस्थित हैदारावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग सो भेटवार्ता गर्न लागेका हुन ।


प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहान साढे दश बजे शान्तिको दुत महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अपर्ण गर्ने कार्यक्रम तय भएको छ । राजघाट पुगरे गान्धी प्रति पुष्पगुच्छा अर्पण गर्नेछन् ।​

राजघाटवाट फर्केर प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्नेछन् । सो भेटघाटमा दुई देश बीचको आपसी सम्बन्धका बारेमा छलफल हुनेछ । 

सो भेटलगत्तै प्रधानमन्त्रीले प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ । सो भेटवार्ता र छलफल पछि दुई देशका बीचमा सम्झौतापत्रमा हस्ताक्षर तथा केही संयुक्त परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुनेछ । सो पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यसूची तय भएकाे छ ।​

​यसैगरी, प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतका भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलगायतसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । साथै, प्रधानमन्त्री प्रचण्डले साँझ होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


Author

थप समाचार
x