कूटनीति

गणतन्त्रवादी नेताहरु जापानी राजाको जन्मोत्सव कार्यक्रममा

इकागज |
चैत १, २०७९ बुधबार १९:९ बजे

तस्बिर साैजन्य : जापानी राजदूतावास

काठमाडौं– नेपालका लागि जापानी राजदूत किकुता युताकाले ताहाचलस्थित उनको सरकारी निवासमा  जापानी नरेश नारुहितोको ६३ औं जन्मोत्सवका अवसरमा आज एक स्वागत समारोह आयोजना गरे ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथिका रुपमा सरिक भए । त्यस्तै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्याल, पूर्व प्रधानमन्त्रीहरु, पूर्व मन्त्रीहरु, संघीय सांसदहरु र विभिन्न देशका राजदूतहरु कार्यक्रममा उपस्थित रहेको दूतावासले आज जारी गरेको विज्ञप्तिमा छ । 


राजदूत किकुताले सबै पाहुनाहरुको स्वागत गर्दै आफ्नो खुशी व्यक्त गरे । उनले तीन वर्षपछि यस्तो स्वागत समारोह आयोजना गर्न पाएको हर्ष जनाए । 

जापानले सन् २०१९ देखि सुरुआत गरेको ‘रेवा’ (सुन्दर सद्भाव) को यो पाँचौं वर्ष हो । नेपालकी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी सन् २०१९ मा जापानी सम्राटको सिंहासन प्रवेश समारोहमा सहभागी भएकी थिइन् । 

राजदूत किकुताले कोभिड १९ का कारण ठप्प भएको दुई देशको उच्चस्तरीय आदान–प्रदान भ्रमण जापानका विदेश मन्त्री ताकेइ सुनसुेकको पछिल्लोपटक नोभेम्बरमा भएको भ्रमणबाट पुनः सुरु भएको उल्लेख गरे । 
 


Author

थप समाचार
x