कूटनीति

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको भेटवार्ता

इकागज |
माघ १६, २०७९ सोमवार १०:५५ बजे

प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गर्दै अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड । तस्बिर : प्रधानमन्त्री प्रचण्डको सचिवालय

काठमाडौँ- संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नुल्यान्डले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेकी हुन् ।


नुल्यान्ड आइतबार नेपाल आएकी थिइन् । दुईदिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने अमेरिकी दूतावासले जनाएको छ । 

साथै उनले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्ने छिन् । उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीका रूपमा शपथ लिएकी हुन् ।

त्यसअघि उनी वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन् ।


Author

थप समाचार
x