कूटनीति

पाकिस्तानी दूतावासको आयोजनामा 'नेपाल और उर्दू अदब' कार्यक्रम सम्पन्‍न

इकागज |
साउन २८, २०७९ शनिवार ११:४१ बजे

काठमाडौँ - पाकिस्तानी राजदूतावास, काठमाडौँले ७५ औं स्वतन्त्रता वर्षको अवसरमा १२ अगस्ट २०२२ मा होटल अलफ्ट, काठमाडौंमा "नेपाल और उर्दू अदब" शीर्षकको साहित्यिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल प्रमुख अतिथि थिए भने नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती विशेष अतिथिका रुपमा रहेका थिए ।

कार्यक्रममा राजनीतिज्ञ, सेवानिवृत्त तथा सेवानिवृत्त पदाधिकारी, बुद्धिजीवी, सामाजिक अभियन्ता, पत्रकार, साहित्यकार, विश्लेषकलगायत समाजका विभिन्न तहका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य नेपाल र पाकिस्तानबीचको साहित्यिक सम्बन्धलाई उजागर गर्नु र विशेषगरी दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउनु रहेको दूतावासले जनाएको छ ।


नेपाल, पाकिस्तान र युएईका प्रसिद्ध कविहरू डा जुबैर फारुक, डा. साकिब हारूनी (अध्यक्ष साहित्य अकादमी नेपाल), सैयद खालिद मोहसिन, सहर महमूद,  इम्तियाज वाफा (अध्यक्ष उर्दू अकादमी नेपाल),  जमशीद अन्सारी, फुरकान फैजी, असद कामरान, भोन निस्तज, सुश्री शान्ति शर्मा, जफर अहमद अलिग र  संगिता पामग्रले लगायतले उत्कृष्ठ कविता वाचन गरेका थिए।

कार्यक्रममा नेपाली लेखक तथा कवि डा अब्दुल मुबीन खानद्वारा लिखित पुस्तक “अहाङ-ए-हिमाला” पनि लोकार्पण गरिएको थियो। प्रमुख अतिथि देवेन्द्र पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा पाकिस्तान सरकारको प्रयासको प्रशंसा गर्दै दुवै देशका नेपाली र उर्दू भाषी कविहरूलाई एकै ठाउँमा ल्याएर साहित्यिक कार्यक्रम आयोजना गरेकोमा पाकिस्तानी दूतावासको प्रशंसा गरे। विशेष अतिथि गंगाप्रसाद उप्रेतीले कवि/कविताहरुलाई स्मारिका वितरण गर्नुका साथै साहित्यको प्रवद्र्धनमा पाकिस्तानी दूतावासले गरेको प्रयासको प्रशंसा गरेका थिए ।

नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले सहभागी सबै कवि तथा लेखकहरूको योगदानको प्रशंसा गरे । उनले विभिन्न क्षेत्र र देशका मानिसहरूलाई एकै ठाउँमा ल्याउन उर्दूको भूमिकालाई प्रकाश पारे। उनले नेपाल र पाकिस्तानका साहित्यिक निकायहरूबीचको सहकार्यात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x