कूटनीति

प्रधानमन्त्री देउवासँग भरतीय राजदूतको शिष्टाचार भेट

इकागज |
असार १६, २०७९ बिहीबार १८:५५ बजे

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । 

उनले बिहीबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यसअघि श्रीवास्तवले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिए । निवर्तमान राजदूत विनय मोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेपछि श्रीवास्तवलाई नयाँ राजदूतको रूपमा पठाएको हो।



Author

थप समाचार
x