कूटनीति

पाकिस्तानी राजदूतावासद्वारा निबन्ध र वाक् प्रतियाेगिता

इकागज |
असार १५, २०७९ बुधबार १७:४७ बजे

काठमाडौँ – काठमाडौँस्थित पाकिस्तानी दूतावासले नाइन्थ एनुअल एम्वेसडर अफ पाकिस्तान एस्से राइटिङ कम्पटिसन तथा फिफ्थ एनुअल एम्वेसडर अफ पाकिस्तान स्पिच कम्पटिसनका विजेताहरुलाई पुरस्कृत गरेको छ ।

एस्से राइटिङ कम्पटिसनका शीर्ष तीन स्थान हात पार्ने विजेताहरुलाई स्वर्ण, रजत र कास्य तथा नगद पुरस्कार प्रदान गरिएको थियो । अन्य दशजनालाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।


स्पिच कम्पटिसनतर्फ पनि शीर्ष तीन स्थान हात पार्ने विजेताहरुलाई स्वर्ण, रजत र कास्य तथा नगद पुरस्कार प्रदान गरिएको थियो । अन्य १२ जनालाई पनि नगर पुरस्कार प्रदान गरिएको दूतावासले जनाएको छ ।

दुबैतर्फ दश जोर दुईदेखि विश्वविद्यालसम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले  विजयीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।


Author

थप समाचार
x