कूटनीति

काठमाडौँ आइपुगे नेपालका लागि नव-नियुक्त भारतीय राजदूत श्रीवास्तव

इकागज |
असार ११, २०७९ शनिवार १७:३८ बजे

काठमाडौँ-  नेपालका लागि नव-नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आज काठमाडौँ आइपुगेका छन् । उनी आज अपराह्न काठमाडौँ आइपुगेका हुन् ।

शनिबार अपरान्ह काठमाडौँ ओर्लिएका श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ भएको नेपाल स्थित भारतीय दूतावासले बताएको छ । काठमाडौँमा जिम्मेवारी लिन आउनु अघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए ।


श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेको बताइएको छ । साथै उनले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेको पनि अनुभव छ । राजदूत श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि औपचारिक जिम्मेवारी सम्हाल्ने बताइएको छ ।


Author

थप समाचार
x