कूटनीति

स्वतन्त्रताको ७५ औँ वर्षको अवसरमा 'पाकिस्तान ल्याण्ड अफ एडभेन्चर र नेचर' कार्यक्रम सम्पन्‍न

इकागज |
असार ११, २०७९ शनिबार १६:५४ बजे

काठमाडौँ - पाकिस्तानले शुक्रवार 'स्वतन्त्रताको ७५ औँ वर्ष' अवसरमा काठमाडौंँमा 'पाकिस्तान ल्याण्ड अफ एडभेन्चर र नेचर' कार्यक्रमको आयोजना गरेको छ। सो कार्यक्रममा कूटनीतिक समुदाय, सेवारत तथा अवकाशप्राप्त सरकारी अधिकारी, बुद्धिजीवी, पत्रकार, लेखक, विश्लेषक लगायत समाजका विभिन्न तहका व्यक्तिहरुको सहभागिता रहेको थियो ।


कार्यक्रमको उद्देश्य पाकिस्तानी संस्कृतिलाई उजागर गर्नु र विशेषगरी नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्नु रहेको दूतावासले जनाएको छ । कार्यक्रमलाई राजदूत सैयद हैदर शाहले विशिष्ट अतिथिहरूलाई स्वागत गर्दै नेपाल र पाकिस्तानबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र परम्परागत सम्बन्धबारे प्रकाश पारेका थिए । उनले यस वर्षलाई पाकिस्तानको स्वतन्त्रताको ७५औँ वर्षका रूपमा मनाइँदै आएको बताए ।

 


Author

थप समाचार
x