अपराध

लागुऔषधसहित तीन पक्राउ

इकागज |
माघ १४, २०७८ शुक्रबार १२:१ बजे

कैलाली - लागुऔषध (खैरो हेरोईन) सहित कञ्चनपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी बाबाथानबाट खटिएको प्रहरी टोलिले दोधारा चाँदनी नगरपालिका-७ बाबाथानका अन्दाजी विवेक रानामगर (२४), सोही ठाउँका राहुल रानामगर (२०) र दोधारा चाँदनी-६ शान्तिटोलका किरोज भन्ने मुस्कान शाही (१८)लाई पक्राउ गरेको हो।

मोटरसाइकल चोरी भएको भन्ने सूचना आएपछि खटिएको प्रहरी टोलीले शंका लागि जाँच गर्ने क्रममा उनीहरुको साथबाट सेतो पलाष्टिकमा लुकाई छिपाई गरी राखेको अवस्थामा ४ ग्राम ८५० मिलिग्राम लागुऔषध खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । प्रहरीले चोरीको मोटरसाइकल समेत उनीहरुको साथबाट फेला पारेको प्रहरीले जानकारी दिएको छ ।



Author

थप समाचार
x