अपराध

अपराध

मोरङमा उखुबारीभित्र गाडिएका दुई वटा शव फेला

‘शव छिटो गलाउन नुन हालेको प्रहरीको प्रारम्भिक अनुसन्धान’

बाबुराम भण्डारी |
माघ १३, २०७८ बिहिवार १४:५५ बजे

शव भेटिएको उखुबारी र स्थानीय ।

विराटनगर : मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरस्थित गङ्गा सिंहको उखुबारीभित्र गाडिएको अवस्थामा दुई वटा शव फेला परेको छ । एउटा शव उत्खनन् गरि पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगिएको मोरङ प्रहरीले जनाएको छ ।

बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद खाल्डो भेटिएपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । एउटा बुधबार नै खाल्डोमा शवजस्तो देखेपछि उनीहरुले घटनाको जानकारी प्रहरीलाई गराएका थिए ।


पहिलो खाल्डोबाट ३५ वर्षको जस्तो देखिने पुरुषको शव निकालिएको मोरङ प्रहरीका एसपी जनार्दन जिसीले जानकारी दिए । शंकास्पद अर्को खाल्डोमा प्रहरीले बिहिबार उत्खनन् गरेको हो । 

त्यहाँबाट अन्दाजी २५ बर्षको जस्तो देखिने पुरुषको शव भेटिएको जनाएको छ । दुवै शव छिटो गलाउन शवमा नुन हालेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । १५ देखि २० दिन पहिल्यै शव गाडिएको हुनसक्ने पनि प्रहरीको भनाइ छ । 

घटनास्थलमा थप अनुसन्धानका लागि कुकुरसहितको प्रहरी टोली परिचालन छ । शवको पहिचान हुन बाँकी छ । 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x