अपराध

बिल नभएको सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ

इकागज |
मंसिर १२, २०८० मगलवार १६:१४ बजे

फाइल फोटो

कास्की - पोखरा महानगरपालिका-३२ मजुवाबाट बिल नभएको सुन जस्तो देखिने करिब ४ तोला बराबरको पहेँलो धातुसहित तनहुँ भिमाद नगरपालिका-६ शिव सुन चाँदी पसलमा काम गर्ने भारत घर भएका २६ वर्षीय शुशान्त आर्यालाई प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग.१ ख ३८१९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई प्लास्टिकको बट्टाभित्र लुकाई छिपाई ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Author

थप समाचार
x