अपराध

१३ वर्षीया बालिकाको पेटमा आफ्नै बुवाको बच्चा

इकागज |
चैत १७, २०७९ शुक्रवार १९:२९ बजे

फाइल फोटो

महोत्तरी - महोत्तरीमा आफ्नै बुवाले छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको घटना बाहिरिएको छ । जिल्लाको बर्दिबास-११ स्थित खयरमारा बस्ने १३ वर्षीय आफ्नै छोरी (संगिता नाम परिवर्तन)लाई आमा नभएको मौका छोपी बलात्कार गरेर गर्भवती बनाएको खुलासा भएको हो ।

पीडित बालिकाकी आमा सुनिता सिन्दन (नाम परिवर्तन)का अनुसार उनी गर्भवती भएको तीन दिन अगाडिमात्र थाहा भयो । 'छोरीको १२ वर्षकै उमेरमा रजश्वला भएको थियो । चार महिनादेखि रजश्वला नभएपछि मलाई शंका लाग्यो अनि छोरीलाई सोध्दा त त्यो गर्भ आफ्नै श्रीमान‍्को पो रहेछ,' सुनिताले भनिन् ।


अहिले पीडित बालिकालाई खयरमारा बजारस्थित आफन्तका राखिएको छ । बालिकाका ३४ वर्षीय बुवा रामबहादुर सिंन्तान भने घटना बाहिरिएसँगै फरार भएका छन् ।

कसरी भयो घटना ?

रामबहादुरका एक छोरा र दुई छोरी छन् । पीडित संगिता जेठी छोरी हुन् भने अन्य दुई जना सानै छन् । आर्थिकरुपमा निक्कै कमजोर रहेको यो परिवार मजदुरी गर्न धादिङ्गको विवि इटा भट्टामा काम गर्दै आएको थियो ।

विवि इटा भट्टामा काम छोडेर सपरिवार असोजतिर कामकै खोजीमा भक्तपुर पुगेको थियो । श्रीमान् रामबहादुर र सुनिता दिउँसोसँगै मजदुरी गर्न निस्कन्थे । कहिलेकाहिँ सन्चो भएन भन्दै रामबहादुर घरमै बस्थे अनि विविमाया एक्लै काम गर्न जान्थिन् ।

कुरो कात्तिक महिनातिरको हो । सुनिता माइत गएकी थिइन् । पीडित बालिका संगिताका अनुसार बुवा रामबहादुरको गिद्दे नजर त्यही समयदेखी पर्‍यो ।

'मम्मी मामाघर गएको बेला भाइ, बहिनी सुते अनि मलाई बाबाले जबर्जस्ती करणी गर्नुभयो,' पीडित बालिकाले भनिन्, 'मेरो मुख छोप्नुभयो, कराएमा मार्ने धम्की दिनुभयो । मलाई पटक(पटक करणी गर्नुभयो ।' यो विषयमा कसैलाई भने परिवारका सबै सदस्यलाई मारिदिने धम्कि दिनेगरेको उनले बताइन् ।

काममा समेत सन्चो भएन भन्दै घरमै बस्ने र छोरीलाई जबर्जस्ती गर्ने गरेको छोरीले नै भनेपछि थाहा पाएको सुनिता बताउँछिन् ।

कसरी थाहा भयो गर्भवती भएको ?

महोत्तरीको खयरमारास्थित पूर्विखोलामा बस्ने सुनिताका काकाको ७ मंसिरमा मृत्यु भयो । त्यसै कारण काकाको क्रिया वार्न विविमाया २० मंसिरमा पूर्विखोला गाउँमा आइन् । त्यतिन्जेलसम्म श्रीमान‍्ले छोरीलाई त्यसो गर्लान भन्ने उनले सोचेकी पनि थिइनन् ।

समयक्रमसँगै छोरी संगीताले वाकवाकी गर्ने र खाना खान पनि छाडिन् । रजश्वला नभएको पनि चार महिना बितिसकेको थियो । आमा सुनिताको शंका बढ्दै गयो । उनले छोरीलाई दर्जनौं पटक केरकार गरे पनि छोरीले त्यसलाई टार्दै आइन् ।

असह्य भएपछि सुनिताले १५ चैत्रमा छोरीलाई दुई, चार झापड हानिन् । त्यसपछि बल्ल उनले  मुख खोलिन् कि आफ्नो पेटमा हुर्किरहेको बच्चा आफ्नै बुवाको हो ।

विविमायाले आफू काकाको क्रिया वार्न महोत्तरी आएदेखिको गर्भ हुन सक्ने आशंका गरेकी छन् । यता पीडित बालिकाले पनि आमा महोत्तरी आएको बेला पटक-पटक करणी गरेको बताएकी छन् ।

पीडितलाई न्यायको लागी कहाँ पहल गर्ने थाहा नै छैन ?

आफ्नै छोरीमाथि निच हर्कत गर्ने  श्रीमानलाई कसरी सजाय दिलाउने भन्ने विषयमा सुनिता अहिले चिन्तित्त छन् । घटनाको विषयमा उनीहरूले केही स्थानीय सञ्चारकर्मीलाई जानकारी गराए पनि अझैँ सुरक्षाकर्मीलाई घटनाको विषयमा जाहेरी दिन सकेका छैनन् ।

कम उमेर कि बालिकाको पेटमा रहेको बच्चाको विषयमा समेत आमा सुनिताले निक्कै चिन्ता व्यक्त गरिन् । घटना निकै जघन्य भएकाले बालिकाको न्यायको लागी जस्तोसुकै कदम चाल्न पछाडि नपर्ने मानवअधिकार आयोग मधेश प्रदेश कि प्रमुख मन्जु खतिवडाले बताइन् ।

बालिकाको संरक्षण गर्न निर्देशन दिइसकेको छु : प्रहरी उपरीक्षक मल्ल

बर्दिबास-११ खयरमाराको उक्त घटनाको विषयमा ध्यानाकर्षण भएको जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रकाश मल्लले बताए । बालिकाको संरक्षणको लागी विभिन्न संस्थासगँ सहकार्य अगाडि बढाएको बताउँदै उपरीक्षक मल्लले बालिकाको अवस्था बुझिरहेको बताएका छन् ।

बुवालाई मृत्युदण्ड दिइयोस् : पीडित बालिका 

आफूलाई जबर्जस्ती करणी गर्ने बुवालाई मृत्युदण्ड दिनुपर्ने पीडित बालिकाले बताएकी छन् ।​ 'रातभरी पिटेर जबर्जस्ती गर्न लगाउँथे उनी मेरा बुवा हुन नै सक्दैनन्,' बालिकाले भनिन् ।

आमा काममा गएको बेला पनि भाइबहिनीलाई बाहिर खेल्न पठाएर जबर्जस्ती गर्ने गरेको उनले बताइन् ।न्यूज कारखाना


Author

थप समाचार
x