ब्राउनसुगरसहित एक युवक पक्राउ
धनगढी- धनगढीमा ब्राउनसुगरसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बसन्त होटलबाट अछामको साफेबगर नगरपालिका स्थाई घर भई हाल धनगढी ५ हसनपुर बस्ने ३४ वर्षीय मुकेश कुवँरलाई प्रहरीले पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक उपेन्द्र बमको टोलीले कुवँरलाई ९ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया