अपराध

करणी गरेको आरोपमा रुकुमपश्चिमबाट एक जना पक्राउ

इकागज |
माघ १५, २०७९ आइतबार १९:१३ बजे

रुकुमपश्चिम- एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा रुकुमपश्चिमबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जबरजस्ती करणीको आरोपमा धादिङका २७ वर्षीय जनक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले मुसिकोट नगरपालिका-१ निवासी २२ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको बताए ।  


युवती माघ ११ गते राति बलात्कारमा परेकी थिइन् । अभियुक्त श्रेष्ठलाई रुकुमपश्चिम जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x