अपराध

आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार

इकागज |
असोज १२, २०७९ बुधवार १५:१६ बजे

भक्तपुर घरमा काम गर्ने महिलालाई बलात्कार गरेकाे आराेपमा एक पक्राउ परेका छन् । बैतडी सिगास गाँउपालिका वडा नं. ५ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे बस्ने टेक बहादुर चन्दलाई  प्रहरीले पक्राउ गरेकाे हाे।

चन्दले आफ्नै घरमा काम गर्ने १९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेकाे उजुरीपछि पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राज पाण्डेले जानकारी दिए । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले मिति चन्दलाई नियन्त्रणमा लिएकाे हाे । उनिमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ।



Author

थप समाचार
x