अपराध

राजश्व छलेर ल्याएका सामग्रीसहितको ट्रक नियन्त्रणमा

इकागज |
साउन ३१, २०७९ मंगलबार १८:१ बजे

काठमाडौं– राजश्व छलेर भारतबाट ल्याइएका सामग्रीसहितको ट्रकलाई नियन्त्रणमा लिइएको छ । बिल बिजकभन्दा फरक सामग्री ल्याइएको ट्रक प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं २१ परवानीपुर चोक स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले ना ८ ख ३४२६ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रल्हाद कार्कीले सुर्ति, चेरी पान मसला र चैनी पान मसला बोकेको एउटा ट्रक नियन्त्रणमा लिइएको जानकारी दिए ।  उनका अनुसार ३८ लाख ६० हजार एक सय रकम बराबरको चोरी पैठारी गरी ल्याएका सामग्री बरामदसमेत गरिएकाे हो ।


कार्यालयबाट खटिएको टोलीले मालवाहक ट्रकलाई रोकेर जाँच गरेको थियो । लोड रहेको चामलको बिल मात्र साथमा रहेको थियो ।  थप अनुसन्धानका लागि उक्त ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ । 
    
 


Author

थप समाचार
x