अपराध

३६ लाख र  गरगहनासहित दुई जना पक्राउ

इकागज |
साउन ३१, २०७९ मंगलबार १५:५२ बजे

फाइल फोटो

सर्लाही - बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले ३६ लाख  नगद र  गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७ स्थायी घर भई काठमाडौँको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण–२ दुवाकोटका ३१ वर्षीय विशाल खत्री रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । 


मोटरसाइकलसहित उनीहरुलाई रोकेर प्रहरीले खानतलासी गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
 


Author

थप समाचार
x