अपराध

सालकको खपेटासहित तीन जना पक्राउ

इकागज |
साउन २८, २०७९ शनिवार १८:४० बजे

प्रतिकात्मक तस्वीर

काठमाडौं- काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट करिब ३ केजी ५ सय ५० ग्राम तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित मकवानपुर गढी गाउँपालिका-८ बस्ने ४२ वर्षीय सूर्य बहादुर स्याङतान समेत ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा दुर्लभ बन्यजन्तु सालकको खपेटा बेचबिखन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई सालकको खपेटा र डिजिटल तौल मेसिन सहित फेला पारी पक्राउ गरेको हो ।


उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय हात्तिसारमा पठाइने छ ।


Author

थप समाचार
x