अपराध

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

इकागज |
साउन २६, २०७९ बिहिवार १४:५० बजे

भक्तपुर– बैंकिङ कसुर तथा चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध बैंकिङ कसुर तथा चेक अनादर सम्बन्धी मुद्दा दायर गरिएको थियो ।


उनलाई उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट गरी ५८ लाख ९६ हजार पाँच सय रुपैयाँ जरिवाना र एक महिना १५ दिन कैद फैसला तोकिएको थियो  । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित जिल्ला अदालत भक्तपुरमा पेश गरेको परिसरका सूचना अधिकारी डिएसपी राजु पाण्डेले जानकारी दिए ।

तोकिएको कैद र जरिवाना भुक्तानका लागि अदालतबाट कैदी पुर्जी जारी गरी कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौमा पठाईएको पाण्डेले बताए ।


Author

थप समाचार
x