अपराध

घुमुवा प्रहरी हुँ भन्दै स्थानीयलाई सास्ती दिने एक जना पक्राउ

इकागज |
असार १६, २०७९ बिहीबार ८:३६ बजे

रौतहट - घुमुवा प्रहरी हुँ भन्दै धम्की देखाई सर्वसाधरणलाई दु:ख दिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका-९ सिन्धुरेघारी टोल बस्ने ३२ वर्षीय सुमन बस्नेत रहेका छन् । उनलाई प्रहरीले सोमबार राति पक्राउ गरेको जनाएको छ ।

चन्द्रपुर नगरपालिका-४ स्थित राजमार्गका यात्रुलाई, सोही ठाउँस्थित चोकमा मानिसहरूलाई र स्थानीय होटलहरूमा अनावश्यक हैरानी दिइरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  


उनी उपर अभद्र व्यबहार शीर्षक मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 


Author

थप समाचार
x