अपराध

दाङमा १७ वर्षीया किशोरी बलात्कृत

इकागज |
असार १५, २०७९ बुधवार १३:३४ बजे

प्रतिकात्मक तस्वीर

दाङ- दाङमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–२ बस्ने ३५ वर्षीय बाबुराम थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँको बिजय नेटास्थित धारामा पानी भर्ने क्रममा ती किशोरीलाई थापाले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी पुरनधाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x