अपराध

लागूऔषधसहित दुई जना पक्राउ

इकागज |
असार १४, २०७९ मंगलबार २१:३४ बजे

कैलाली- कैलाली प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका १ बस्‍ने २१ वर्षीय नबिन सिंह र सोही नगरपालिका वडा नम्बर १२ बस्‍ने जिवन खत्री रहेका छन् ।

प्रहरीले उनीहरूलाई सुपप्र ०१-११ प३७४७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको बताएको छ। 


प्रहरीले गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा १४ ग्राम ९२७ मिली ग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले बताए। उनीहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको उनले बताएका छन्।


Author

थप समाचार
x