अपराध

कटुवा पेस्तोलसहित भरतपुरबाट एक जना पक्राउ

इकागज |
असार १२, २०७९ आइतबार २०:५३ बजे

चितवन- कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोन सेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । जेठमा कटुवा पेस्तोलसहित पक्राउ परेका एक व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा अर्को व्यक्ति पनि पक्राउ परेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार बिहान साढे ६ बजेतिर भरतपुर महानगरपालिका-५ बाट ३२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको जनाएको छ ।


भरतपुर-८ घर भएका विक भरतपुर-५ मा डेरा गरी बस्थे । उनको डेराबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने दुईवटा गोली बरामद भएको छ । त्यसैगरी नगद एक लाख १४ हजार रुपैयाँ, लकेटसहितको एउटा सुनको सिक्री र पाँच थान मोबाइल फोन सेट पनि बरामद भएको प्रहरीको भनाइ छ ।


Author

थप समाचार
x