क्रिकेट

भारत-अस्ट्रेलिया टेस्टः किन सबै खेलाडी तथा अम्पायरले बाँधे कालोपट्टी ?

इकागज |
जेठ २४, २०८० बुधबार १६:३१ बजे

काठमाडौँ- इंग्ल्यान्डको ओभलमा आजबाट सुरु भएको आईसीसी टेस्ट च्याम्पियनसीपको फाइनलमा भारत र अस्ट्रेलियाका खेलाडीसँगै अम्पायरले पनि कालोपट्टी बाँधेका छन् । फाइनल खेल सुरु हुनुअघि दुबै टिमका खेलाडी तथा अम्पायरले कालो पट्टी बाँधेको देखिएको थियो ।

भारत र अस्ट्रेलियाका खेलाडी तथा अम्पायरले कालोपट्टी बाँध्नुका कारण भारतमा भएको रेल दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नु रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।


गत शुक्रबार ओडिसाको बालासोरमा भएको रेल दुर्घटनामा परी कम्तिमा २ सय ८० जनाको मृत्यु भएको थियो भने एक हजार भन्दाबढी मानिस घाइते भएका थिए ।

फाइनलमा भारतले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।


Author

थप समाचार
x