क्रिकेट

राष्ट्रिय दृष्टिविहीन क्रिकेट टिमका खेलाडीहरू नगदसहित सम्मानित

इकागज |
जेठ २३, २०८० मंगलबार १५:४२ बजे

काठमाडौँ- दोश्रो नेपाल–भारत टी–२० नेत्रहीन महिला क्रिकेट सिरिजको विजेता नेपाली राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट टिमका खेलाडीहरू सम्मानित भएका छन् । वैशाख १२ देखि १७ गतेसम्म पोखरा र काठमाडौँमा भएको ५ खेलको सिरिज नेपाली टिमले ३–१ ले जितेको थियो ।

सिरिज विजेता टिमका खेलाडीहरूलाई नेत्रहीन क्रिकेट संघ नेपालले जनही १० हजार नगदसहित सम्मान गरेको हो ।


सम्मानित हुने खेलाडीमा कप्तान भगवती भट्टराई, उपकप्तान गिता पौडेल, प्रतिभा राई, रिता थापा, मुना अर्याल, माया लुङ्गगेलि, सुश्मा तामाङ, मनकेशरी चौधरी, कान्ती योगी, सरिता घिमिरे, वनिता मगर सोमाई, दिल्लीशरा धमला, विनिता पुन, निशा चौधरी र विमला राई रहेका छन् ।


Author

थप समाचार
x