क्रिकेट

इंग्ल्यान्डका स्पिनर ज्याक लिचले 'एसेज' सिरिज गुमाउने

इकागज |
जेठ २२, २०८० सोमवार १३:३१ बजे

काठमाडौँ- इंग्ल्यान्डका बायाँ हाते स्पिनर ज्याक लिचले अस्ट्रेलियाविरुद्धको एसेज सिरिज गुमाउने भएका छन् । ढाडमा समस्या आएपछि लिचले अस्ट्रेलियाविरुद्धको एसेज सिरिज गुमाउने भएका बीबीसीले जनाएको छ ।

घरेलु टोली इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको पाँच खेलको एसेज सिरिज जुन १६ बाट सुरु हुँदैछ । पहिलो खेल भने एजब्यास्टनमा सुरु हुनेछ ।


शनिबार लर्ड्समा सम्पन्न भएको आयरल्यान्डविरुद्धको टेस्ट खेलका क्रममा लिचको ढाडमा समस्या देखा परेको थियो । आइतबार लन्डनमा गरिएको स्क्यानले लिचको ‘स्टरेस फ्र्याक्चर’ भएको प्रमाणित भएपछि उनले एसेज नखेल्ने भएका हुन् ।

बेन स्टोक्सले कप्तानी सम्हालेदेखि लिचले इंग्ल्यान्डका लागि १३ वटै टेस्ट खेलेका छन् र ४५ विकेट पनि लिन सफल भएका छन् । एसेज टेस्ट सिरिज खेल्दा लिचले अस्ट्रेलियाविरुद्ध ७ टेस्ट खेल्दा उनले १८ विकेट लिएका छन् । 

'इंग्ल्यान्डले केही दिनमा लिचको स्थानमा खेल्ने अर्को खेलाडीको नाम सार्वजनिक गर्नेछ,' इंग्ल्यान्ड क्रिकेट बोर्डले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।


Author

थप समाचार
x