क्रिकेट

नेपालको टी-ट्वान्टी वरीयता यथावत

इकागज |
जेठ १५, २०८० सोमबार १४:३७ बजे

काठमाडौँ- नेपालको आईसीसी टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता यथावत रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७ औँ स्थानमा यथावत रहेको हो ।

नामिबिया (१३), स्कटल्यान्ड (१४), नेदरल्यान्ड्स (१५) तथा यूएई (१६) नेपालभन्दा माथि रहेका छन् । भारत, इंग्ल्यान्ड र न्यूजिल्यान्ड शीर्ष ३ मा रहेका छन् ।


खेलाडीतर्फको वरीयतामा भने दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेमात्र रहेका छन् । दिपेन्द्र ब्याटिङतर्फ ६२ औँ स्थान तथा सन्दीप बलिङतर्फ ७० औँ स्थानमा छन् ।


Author

थप समाचार
x